मुगुमा १ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
जिल्लाको खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ बर्षीय युवाको बिहीवार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा स्वाबको पिसिआर परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी गराए ।
संक्रमित युवा खत्याड गाँउपालिका–५ मा स्थापना गरेको हलेखाडा क्वारेन्टाईनमा बस्दै आएका थिए ।
स्वास्थ्य अवस्था सामान्य रहेका कोरोना संक्रमित युवालाई बिहीबार नै पालिका अन्तर्गत रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आईसोलेसन वार्डमा राखिने भएको छ ।
जिल्लामा रहेका चारवटा स्थानीय तहहरूमध्य सबै भन्दा बढी भारतबाट सोहि गाँउपालिकाका स्थानियहरू आएका छन । सरोकारवालाहरुले यो गाँउपालिका कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको बताउदै आएका थिए ।