उपत्यकाका तीनै जिल्लाका सीडीओले लकडाउनको कडाइका साथ पालना गराउनुको विकल्प नरहेको निष्कर्ष निकालेका छन् ।
लकडाउन उलङ्घन गर्ने क्रम बिहीबार बढेपछि काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठक बसेर त्यस्तो निर्देशन दिएको हो ।
सरकारले जेठ ३२ गतेसम्म लकडाउन गरेको छ । बैठकले सरकारले गरेको लकडाउनलाई कडाइका साथ पालना गराउने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
सरकारले गरेको निर्णय पालना गराउनु आफ्नो कर्तव्य रहेको भन्दै लकडाउन थप कडाइ गर्नुपर्ने निष्कर्ष निकालिएको भट्टले जानकारी दिए। तत्काल लकडाउनको विकल्प नरहेको बैठकले निष्कर्ष निकालेको छ ।
उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम बढेकाले लकडाउन उल्लंनलाई कायमै राख्ने कि खुकुलो बनाउने भन्ने विषयमा छलफल गर्न आजै मन्त्रिपरिषद्को बैठक बस्दैछ ।