logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकै दिन थपिए ३३४ जना कोरोना संक्रमित


अंकुरण खबर
1.287K
Shares

पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म ८४ हजार १३४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ। आरडीटी विधिबाट १ लाख २५ हजार ५६४ जनाको परीक्षण भएको छ।

त्यसैगरी १ लाख ६१ हजार २६२ जना क्वारेन्टिनमा छन्। विभिन्न अस्पतालका आइसोलेसनमा २ हजार ३३५ जना कोरोना संक्रमित उपचाररत छन्।

अहिलेसम्म २९० जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ।