logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलेसियामा ८१ जना नेपालीमा कोरोना सङ्क्रमण, २२ जना निको भए


अंकुरण खबर
1.079K
Shares

मलेसियामा एक हप्ताभित्र थप १४ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै मलेसियामा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ८१ पुगेको मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार मलेसियामा कोराना सङ्क्रमित नेपालीमध्ये २२ जना निको भएका छन् । कोरोना सङ्क्रमित सबैजना पुरुष रहेका छन् ।

मलेसियामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या बढेको छ । अहिलेसम्म ८ हजार २४७ जनामा कोरोना सङ्क्रमण भएकोमा ६ हजार ५५९ जना निको भएका छन् भने १५ सय ७३ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा १ सय १५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

मलेसियाले कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको सङ्केत गर्दै मे ४ देखि लकडाउन पनि खुकुलो बनाएको छ । जुन ९ सम्म मलेसियाले लकडाउन गरेको छ । तर निश्चित मापदण्डसहित अहिले मलेसियामा आर्थिक गतिविधिहरु सुरु भइसकेका छन् ।