logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२६ नेपालीलाई लिएर उड्यो म्यानमारको सैनिक विमान


अंकुरण खबर
689
Shares

म्यानमारबाट नेपालीलाई लिएर त्यहाँको सैन्य विमान उडेको छ।

आज बिहान २६ जना नेपालीलाई लिएर विमान उडेको हो। उक्त विमानले नेपालमिा म्यानमारका नागरिकलाई लिएर फर्कने छ।

म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन्। म्यानमारबाट आएका सबैजना होम क्वारेन्टाइनमा बस्ने भएका छन्।

कोरोना संकट ब्यवस्थापन केन्द्र-सीसीएमसी स्रोतका अनुसार उनीहरु सबैले म्यान्मारमै पीसीआर टेस्ट गरी नेगेटिभ देखिएकाले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने सुविधा दिइएको हो।

त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ सेन्टमा पुर्‍याएर त्यहाँबाट सेनाले घरसम्म पुर्‍याउने छ। म्यान्मारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश-१ का एक जना छन्। अन्य ८ जना थप दुई प्रदेशका छन्।