logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लामा क्वारेन्टिनमा एक जनाको मृत्यु


अंकुरण खबर
1.001K
Shares

जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक लालबहादुर धामी अनुसार उक्त व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

यस विषयमा थप अनुसन्धान गर्न प्रहरी क्वारेन्टिनमा पुगिसकेको छ । कर्णाली प्रतिष्ठानको टोली स्वाब संकलनको लागि उक्त क्वारेन्टिनमा जाने तयारीमा रहेको प्रहरी नायव उपरीक्षक धामीले बताए ।

मृतक दमको रोगी भएको थिए ।