नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
बिहीबार सुर्खेतको पखंपुरी नगरपालिका–९ विद्यापुरस्थित जनता माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेका २० वर्षीय युवकको मृत्यु भएको थियो ।
उनको मृत्युपश्चात स्वाब संकलन गरी गरिएको परीक्षणको आज आएको नतिजामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।