logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्‍चिमका थप ६ जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.014K
Shares

सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामामा गरिएको परीक्षणमा थप ६ जनामा कोभिड(१९ पोजिटिभ फेला परेको हो।

गन्यापधुरा गाउपालिका-१ डडेल्धुराका ३७ र १७ वर्षका पुरुष, वडा नम्बर २ का १९, २४ र ५७ वर्षीय पुरुष र जानकी गाउँपालिका-७ कैलालीका १६ वर्षीय एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानाकारी दिए।

उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन्। योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या ९२ पुगेको छ।