logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

८ महिने शिशुसहित कपिलवस्तुमा थपिए ४४ संक्रमित


अंकुरण खबर
663
Shares

कपिलवस्तुमा कोरोना भाइरस (कोभिड-१९) थप ४४ जनामा पोजिटिभ देखिएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको कुल संख्या ४७५ पुगेको छ ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर-९ का वर्ष १८ र २० का २ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी वडा नम्बर १० का १६ वर्षदेखि ४८ वर्ष समूहका १३ पुरुषमा पनि भाइरस पोजेटिभ देखिएको छ ।

यस्तै यशोधरा गाउँपालिका वडा नम्बर ७ का एक ८ महिने शिशुमा पनि कोरोना पोजेटिभ देखिएको छ । सोही वडाका १६ वर्षदेखि ५२ वर्ष उमेर समूहका २८ पुरूषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।