logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरमा ट्याक्टर दुर्घटनामा परि एकको मृत्यु


अंकुरण खबर
1.183K
Shares

उदयपुरको बेलका नगरपालिका ८ सेतिखोलामा शुक्रबार ट्याक्टर दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

भिमफेदीबाट सेतिखोलातर्फ जाँदै गरेको को.२.त.९१५२ नम्बरको ट्याक्टर शुक्रबार सेतिखोलाको पुल छेउमा दुर्घटना हुँदा ट्याक्टरमा रहेका वडानं ८ का ३१ ‍वर्षीय ईन्द्रबहादुर राईको मृत्यु भएको हो।

ट्याक्टर तीव्र गतिमा रहेका कारण अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका एसपी बिरबहादुर बुढा मगरले जानकारी दिएका छन् ।