नेपालमा आज थप २७८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यससँगै नेपालभर २ हजार ९ सय १२ जना संक्रमित पुगेका छन् ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्दै आएको कोरोना अपडेटमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
साथै देशभर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेको र पछिल्लो तथ्यांक अनुसार ४३ जना डिस्चार्ज भएसँगै जम्मा ३३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको पनि उनले जानकारी दिए । नेपालमा अहिलेसम्म ११ जनाको कोरोनाबाट मृत्यु भएको छ।