logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ह्याम्स अस्पतालका दुई जना बिरामीमा देखियो कोरोना संक्रमण


अंकुरण खबर
2.067K
Shares

काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

ह्याम्स अस्पताल निजी अस्पताल हो । ‘गुल्मीका र पोखराका दुई बिरामी ह्याम्समा उपचाररत हुनुहुन्छ । उहाँहरूमा संक्रमण देखिएको हो’ मन्त्रालय स्रोतले भन्यो । ती बिरामीहरू ६० र ७६ वर्षका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर दुई सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ भने कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ ।