logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

शुक्रबार सिन्धुलीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.053K
Shares

सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमलामाई नगरपालिका ६ शिवनगर स्थित भू तथा जलाधार कार्यालयमा रहेको क्वारेन्टाइनमा भारतबाट आई बसेका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको हो ।

कमलामाई नगरपालिका वडा नं.११ का १७ वर्षीय पुरुष र तिनपाटन गाउँपालिका वडा नं. ३ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए।

उनीहरु दुवैलाई शुक्रबार विहान क्वारेन्टाईनबाट सिन्धुली अस्पतालको आईसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै सिन्धुलीका ४ जनामा कोरोना पुष्टि भएको छ ।