आज (शनिबार) अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २४ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ४२ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ५० पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ २६ पैसा छ।
