logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुर अस्पतालको कोरोना कक्षमा उपचाररत एक युवकको मृत्यु, कोरोना परीक्षण हुँदै


अंकुरण खबर
1.326K
Shares

चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा भर्ना भएका एक युवकको मृत्यु भएको छ।

माडी नगरपालिकाका २७ वर्षीय युवकको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए। ज्वरो र खोकीको समस्या बढ्दै गएपछि उनलाई शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोरोना कक्षमा रहेको आईसीयूमा भर्ना गरिएको थियो।

अस्पताल स्रोतका अनुसार उनको उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजेतिर मृत्यु भएको हो। उनमा कोरोना संक्रमण थियो वा थिएन् भन्ने बारेमा भने पुष्टि भइसकेको छैन्। उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि ल्याबमा पठाइएको छ।