नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । यसका साथै शनिबार मात्र थप ३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म ३६५ जना कोरोनाबाट मुक्त भएका छन् । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।
नेपालमा हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने, संक्रमितको संख्या ३२३५ पुगेको छ ।