logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद बैठकमा आज पनि मन्त्रालयगत बजेटमा छलफल हुँदै


अंकुरण खबर
650
Shares

संसद बैठकमा आज पनि मन्त्रालयगत बजेटमाथिको छलफल जारी रहने भएको छ ।

आज ऊर्जा, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालयको विनियोजित बजेटको शीर्षकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि पनि आजकै बैठकमा छलफल हुने कार्य सूचि तय भएको छ ।

विभिन्न मन्त्रालय र कार्यालयहरूको बिनियोजित बजेटमाथि आज छलफल सिकएपछि भोलि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।