logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरमा फेरि तीन जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.17K
Shares

उदयपुरमा फेरि तीन जनामा कोरोना संक्रमण फेला परेको छ ।

काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकामध्ये बेलका नगरपालिकाका दुई जना र चौदण्डीगढी नगरपालिकाका एक जना छन् । कोरोना पोजिटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।

शिवाई घर भएका २६ वर्षीय पुरुष १५ दिनअघि मात्र काठमाडौंबाट उदयपुर गएको पाइएको छ । उनको एक महिनाअघि पनि स्वाब परीक्षण गरिएको थियो । त्यसबेला नेगेटिभ रिपोर्ट आएको थियो ।

काठमाडौंमा तीन दिन बसेर फर्किएका उनलाई स्थानीयको सुझाव अनुसार नगरपालिकाले क्वारेन्टिनमा राखिएको थियो ।

यता बेलका नगरपालिकाका दुई जना पनि क्वारेन्टिनमै रहेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए । मेयर थापाका अनुसार दुवै जना पुरूष हुन् ।

उनीहरुलाई एबीसी टापुको एक विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थियो । अहिले उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।