logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एम्बुलेन्समा चरेस राखेर भारत लैजान लागेका तीन पक्राउ


अंकुरण खबर
1.599K
Shares

एम्बुलेन्समा चरेस राखेर भारत लैजान लागेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार बिहान प्रहरीले सर्लाही मलंगवा नगरपालिका-८ मा ज.१ च १४०७ नम्बरको एम्बुलेन्स जाँच गर्दा आठ किलोग्राम चरेस भेटिएपछि दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मलंगवाका एम्बुलेन्स चालक मोहन राय यादव र नथुनी ठाकुरलाई छन्। उनीहरूले उक्त चरेस भारतको सोनवर्षा लैजान लागेको सर्लाहीका डिएसपी मदन कुँवरले जानकारी दिए ।

त्यस्तै सर्लाही प्रहरीले शनिबार नै लागू औषध ओसारपसारमा संलग्न ३७ वर्षीय राम दुलार रायलाई पक्राउ गरेको थियो।

उनलाई पक्राउ गरी सोधपुछ गर्दा लागू औषध भारततर्फ लैजान लागेको बताएपछि आइतबार बिहान थप दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान भइरहेको जनाइएको छ।