स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी जागेश्वर गौतमलाई दिइएको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यसअघि प्रवक्ता रहेका विकास देवकोटाको स्थानमा डा जागेश्वर गौतमलाई ल्याएका हुन। देवकोटालाई मन्त्रालयको गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।
कोरोना भारइसको संक्रमण सुरू भएदेखि देवकोटा प्रवक्ता थिए। उनले नै मन्त्रालयको नियमित अपडेट गराउँदै आएका थिए।
पछिल्लो समय मन्त्रालयले व्यापक रूपमा कर्मचारी सरूवा र हेरफेर गरेको छ। केही समयअघि मात्र मन्त्रालयमा नयाँ सचिवको रूपमा लक्ष्मण अर्याललाई ल्याइएको थियो।
मन्त्री ढकालले बिहीबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा गौतमलाई मन्त्रालय सरुवा गरेका थिए। मन्त्रालयमा आएका डा गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ।