आज थप २१३ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा नयाँ संक्रमित थपिएको जनाएको छ। योसँगै देशभर संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ।
देशका विभिन्न स्थानका आइसोलेसनमा ३ हजार ४ सय ४८ को उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म ४६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।