logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य मन्त्रालयले प्रवक्ता देवकोटालाई गर्‍यो सरुवा


अंकुरण खबर
1.001K
Shares

स्वास्थ्य मन्त्रालयले मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई सरुवा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डा. देवकोटालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएर नापतौल तथा गुणस्तर विभागको प्रमुखको रुपमा सरुवा गरेका हुन् ।

डा.देवकोटाको स्थानमा डा. जागेश्वर गौतमले सोमबारदेखि जिम्मेवारी सम्हाल्नेछन् । आइतबार नियमित पत्रकार सम्मेलनमा डा. देवकोटाले कोरोना सङ्कटको समयमा सहयोग पुर्‍याउने सबै क्षेत्र र सञ्चार माध्यमलाई उनले धन्यवाद दिएका छन् ।

आफूले अब नापतौल तथा गुणस्तर विभागको प्रमुखको रुपमा कार्यभार सम्हाल्ने समेत उनले जानकारी दिए ।