logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हाल देशभर १ लाख ७० हजार क्वारेन्टिनमा


अंकुरण खबर
741
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७२८ र आरडिटी विधिबाट ७ हजार ६१४ वटा परीक्षण भएको जानकारी दिएको छ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआरबाट कुल ९६ हजार २०५ र आरडीटीबाट १ लाख ४५ हजार ४९ वटा परीक्षण भएको जानकारी दिए।

डा.देवकोटाका अनुसार हाल देशभर १ लाख ७० हजार ७३२ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै देशभर २ हजार ९६८ जना आइसोलेशनमा छन्।