logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु


अंकुरण खबर
767
Shares

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ एक सङ्क्रमितको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको उपचारको क्रममा मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा राखिएको थियो । संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । मृत्यु हुनेमध्ये अधिकांशमा मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा मृत्यु हुने बृद्धको भने पहिलो नै कोरोना संक्रमण पुष्टि भएको थियो ।