सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना कोरोना संक्रमित थपिएका छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।
संक्रमितहरूमा वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना छन्। संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन्।
उनीहरूलाई राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।