logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हवाइजहाज उडाउन सिक्दै गर्दा दुर्घटना, दुईको मृत्यु


अंकुरण खबर
1.625K
Shares

हवाइजहाज उडाउन सिक्दै गर्दा दुर्घटना भएको छ । जहाज उडेको केही समयमै दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

घटना भारतको ओडिसा राज्यमा भएको हो। २० वर्षीया सिकारु पाइलट अनिश फतिमा ककपिटमा बसेर विमान उडाउँदै थिइन् । उनलाई प्रशिक्षक सञ्जय कुमार झाले सिकाउँदै थिए । तर, उडेर केही माथि पुगेको मात्र थियो दुर्घटना भयो ।

विमान एकपटक उडेर फर्किएको र दोस्रोपटक फेरि उडेको थियो । सोही क्रममा घटना घटेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

विमान चालक उत्पादनका लागि बिरसाल एभिएसन इन्स्टिच्युट गर्त वर्ष मात्र स्थापना भएको थियो । जहाँ ९० जना हरेक ब्याचमा सिक्न थालेका थिए । कोभिड-१९ ले बन्द भएको उक्त संस्था १ जुनबाट सञ्चालनमा आएको थियो । एजेन्सी