अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले जानकारी दिए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना देखिएको हो ।