logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अज्ञात समूहद्वारा चार स्काभेटरमा आगजनी


अंकुरण खबर
1.963K
Shares

अज्ञात समूहले रोकी राखेका चार स्काभेक्टरमा आगजनी गरेको छ ।

दाङको गढवा गाउँपालिका वडा नं. १ राप्ती नदी बगरमा रोकिएका स्काभेटरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कालाकाटे गढवा हुलाकी राजमार्ग निर्माणको ठेक्का लिएको बज्रगुरू–कान्छाराम कन्ट्रक्सन प्रा.लि. ललितपुर काठमाडौंको बा२क ३१४८, बा २क २२७१, बा२क ४४८२ र एउटा अन्टेस्ट स्काभेटरमा आगजनी भएको जनाइएको छ ।

आगजनीबाट करिब ४ करोड ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोरले जानकारी दिएका छन् ।

घटनामा संलग्‍न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।