logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट मृत्यु भएका अर्घाखाँचीका पुरुषसँग आएका ३० जनामा संक्रमण पुष्टि


अंकुरण खबर
1.3K
Shares

कोरोनाको कारण मृत्यु भएका अर्घाखाँचीका युवकको सम्पर्कमा आएका अन्य ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत जेठ १० गते भारतबाट आउने क्रममा जिल्लाको भूमिकास्थान नगरपालिका(९ का ३५ वर्षीय युवकको मृत्यु भएको थियो।

उनीसँगै गाडीमा आएकाहरू ५१ जनालाई छुट्टै क्वारेन्टाइनमा राखिएको थियो । त्योमध्ये ३० जनामा संक्रमण देखिएको स्रोतले जनाएको छ ।

भारतबाट फर्किएपछि सम्पर्कमा आएका अन्य व्यक्तिहरु क्वारेन्टाइनमा रहेका थिए ।

स्रोतका अनुसार संक्रमण पुष्टि भएकामध्ये दुई जना महिला र बाँकी पुरूष छन्। उनीहरू सन्धिखर्क नगरपालिकाका २८ र पाणिनी र सितगंगाका एक एक जना छन्।

उनको अन्त्यष्टीपछि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनका अन्य परिवारका सदस्य तथा आफन्तमा भने कोरोना नदेखिएको स्रोतले जनाएको छ ।