logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा २ थान बन्दुकसहित दुई पक्राउ


अंकुरण खबर
1.248K
Shares

सिरहामा विशेष सूचनाको आधारमा प्रहरीले २ थान बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले आईतबार गोलबजार नगरपालिका वडा नं. ३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकको एरियाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ए गापा ३ तेतरिया बस्ने वर्ष ६९ को कुल बहादुर पुर्वछाने र वर्ष ६२ को तिलक बहादुर थापाका साथबाट लोड भएको ‍भरुवा बन्दुक २ थान र छर्रा, बारुद सहित पक्राउ गरेको छ ।

घटनाको बारेमा विशेष अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए।