logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

बारामा फेरि बजार बन्द


अंकुरण खबर
702
Shares

बारामा आलोपालो बजार खोल्न अनुमति दिएको तेस्रो दिनमा अत्यावश्यकीय बाहेकका सबै पसल बन्द गरिएको छ ।

कोरोना संक्रमण फैलिन नदिन पर्याप्त सावधानी अपनाएर व्यवसाय खोल्न भनिए पनि पालना नभएपछि बन्द गराउनुपरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

यसअघि, ‘लकडाउन’ले व्यापार, व्यवसाय चौपट भएको गुनासो बढेपछि प्रशासनले लकडाउन खुकुलो बनाएर व्यापार चलाउन सहजीकरण गरेको थियो ।

सोमबार प्रहरीले पसल बन्द गराएपछि व्यापारीहरु भने आक्रोशित बनेका छन् ।