logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनका थप ७ जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.17K
Shares

चितवनमा थप सातजनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।

भरतपुर अस्पताल चितवनले जारी गरेको पछिल्लो तथ्यांक अनुसार २४ गते प्राप्त नमुना स्वाबको पीसीआर परीक्षणबाट भरतपुर महानरगरपालिकास्थित क्‍वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण भएको पाइएको हो ।

सातै जना भरतपुर महानगरपालिकाका पुरुषहरु रहेका छन् ।

नयाँ कोरोना संक्रमितमध्ये भरतपुर महानगरपालिका-२८ का १७ र ३५ वर्षीय पुरुष, वडा नमेबर २० का २३ वर्षीय पुरुष, वडा नम्बर २७ का ३५ वर्षीय पुरुष, वडा नम्बर १९ का १९ वर्षीय पुरुष र वडा नम्बर ११ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

चितवनमा हाल कोरोना संक्रमितको संख्या ३० पुगको छ ।