भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट सोमबार साँझ भरतपुर अस्पतालको आईसीयूमा सारिएका कोरोना संक्रमितको मंगलबार बिहान ७ बजे मृत्यु भएको हो।
भरतपुर महानगरपालिका वडा नं ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा मुटु र निमोनियाको समस्यासमेत थियो।
उनको शव भरतपुर अस्पतालको आईसीयूमै राखिएको र शवको व्यवस्थापन गर्ने बारेमा तयारी भइरहेको अस्पतालले जनाएको छ।