रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा रहेको गंगादेवी पशु फर्मम कार्यरत एक व्यक्तिले आफ्नै पाँच जना साथीको हत्या गरेका छन् ।
स्थानीय कृष्णबहादुर पुनको पशु फर्ममा काम गर्ने सुर्खेतका झसेन्द्र सिंजालीले आफुसँगै काम गर्ने साथीहरुको हत्या गरेका हुन् ।
चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रुपन्देही सैनामैनाका ४० वर्षीय माधव मुसहर र ३७ वर्षीया जानकी मुसहरसहित तिलोत्तमा-९ का १४ वर्षीय पोखराज मुसहर, १५ वर्षीय आशिष चौधरी र १६ वर्षीय करण चौधरी रुपन्देही मुर्गियाका रहेका छन् ।
मदिरा सेवन गरेका झसेन्द्रले कोदालो प्रहार गरी पाँचै जनाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
हत्यामा सग्लन सिंजालीलाई प्रहरीले तिलोत्तमा दशवाट पक्राउ गरेको छ । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।