सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।
मंगलवार अपराह्न ४ बजे बस्ने गरी तय गरिएको सचिवालय बैठक स्थगित भएको नेकपा उच्च स्रोतले जानकारी दिएको छ ।
‘प्रधानमन्त्रीको कार्यव्यवस्थाका कारण बैठक स्थगित गरिएको छ,’ स्रोतले भन्यो, ‘बैठकको अर्को मिति पुनः तय गरिनेछ ।’
मंगलवार बस्ने भनिएको बैठकमा एमसीसीका बारेमा निर्णायक छलफल हुने कार्यसूची थियो ।