logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ


अंकुरण खबर
793
Shares

क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

पाटन–६ सन्तोलीका ३० वर्षीय हरिश लोहारको शनिवार पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा मृत्यु भएको थियो ।

मृत्यु पछि गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

शनिवार भारतबाट फर्केका उनी साँझ एक्कासी बेहोस भएर ढलेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पुर्‍याउँदा राति नै मृत्यु भएको थियो ।

लोहारको दाह सस्कारका लागि मलामी जानेहरु आइसोलेसनमा छन् ।