logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँच मजदूरको हत्याका दोषीलाई हदैसम्मको कारवाही गर्न माग


अंकुरण खबर
1.625K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का छविलाल विश्वकर्माले गए राति रुपन्देहीमा भएको घटनाको निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरे ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीक मैनहवा गाउँस्थित गङ्गादेवी पशु फर्मका पाँच मजदूरको विभत् हत्या भएको जनाउँदै प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सभामुखमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराए । यस्ता घटना दोहोरिन नदिनका लागि विशेष ध्यान दिन उनले स्थानीय प्रशासनलाई आग्रह गरे ।

समाजवादी पार्टीका सूर्यनारायण यादवले सुनसरीका कृष्ण यादवलाई  भण्टाबारीस्थित राहत वितरण कार्यक्रमस्थलमा पुग्दा प्रहरीले विनाकारण नियन्त्रणमा लिएको र  झुटा मुद्दा लगाएर मानसिक तथा शारीरिक यातना दिएको जनाउँदै घटनाको सत्यतथ्य पत्ता लगाई  न्याय दिन आग्रह गरे ।