logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दैनिक १० हजार बढी कोरोना परीक्षणको तयारी : स्वास्थ्यमन्त्री ढकाल


अंकुरण खबर
923
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक प्रदेशमा गुणस्तरीय ल्याबसहितको अस्पताल निर्माण गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सातै प्रदेशमा सात ठूला मेसिनको सहायतामा छिट्टै दैनिक १० हजार बढी कोरोना परीक्षण गर्ने तयारी भएको बताए ।

मन्त्री ढकालले महामारीका कारण स्वास्थ्य क्षेत्रमा सुरु गरिएका सुधारका कामहरु प्रभावित भएको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत् स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।