logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने


अंकुरण खबर
689
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बैठक आह्वान गरिएको हो । आजको बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ ।

सरकारले जेठ ३२ गतेसम्म लकडाउन लगाएको छ । लकडाउनका कारण मारमा परेको भन्दै व्यावसायीहरुले सरकारको विरोध गर्दै आएका छन् । उनीहरुले जर्बजस्ती पसल खोल्दै आएका छन् । प्रहरीले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगरेको भन्दै कडाई गर्दै आइरहेको छ ।