logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुस्तामा एकैदिन थपिए १२ जना कोरोना संक्रमित  


अंकुरण खबर
1.3K
Shares

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा एकैदिन १२ जना कोरोना संक्रमित देखा परेका छन् ।

मंगलबार संक्रमित देखापर्नेमा वडा नम्बर–१ मा छजना, वडा नम्बर–३ मा दुईजना, वडा नम्बर–४ मा एक र वडा नम्बर–५ मा तीनजना रहेका छन् ।

भारतबाट फर्केका उनीहरु १६ देखि ५६ वर्ष उमेर समूहका छन् । योसँगै जिल्लामा संक्रमित हुनेको संख्या ३३ पुगेको छ । संक्रमितमध्ये तीनजना निको भएर घर फर्केका छन् ।