logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.482K
Shares

आज (मंगलबार) नेपालमा कोरोना भाइरसका ३२३ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ३२३ जनामा कोरोना पुष्टि भएको हो। यीमध्ये २९२ जना पुरुष र ३१ जना महिला छन्।

योसँगै कोरोना संक्रमितको कुल संख्या ४ हजार ८६ पुगेको छ। यीमध्ये २८७ जना महिला छन् भने बाँकी पुरुष छन्।

हालसम्म १५ जनाको मृत्यु भएको छ भने ५८४ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म देशभर पीसीआर विधिबाट १ लाख ६ हजार ३३१ जनाको कोरोना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ६६ हजार १५८ जनाको परीक्षण भएको छ।