logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको कारण मृत्यु हुनेको संख्या १५ पुग्यो : मन्त्रालय


अंकुरण खबर
1.69K
Shares

चितवन भरतपुर -११ का कोरोना संक्रमित ६८ पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार ती पुरुषमा सोमबार कोरोनाभाइरसको संक्रमण देखिएको थियो । सोही दिन उनलाई नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पतालको कोभिड आईसीयूमा रिफर गरिएको थियो ।   ज्वरो, मधुमेह र उच्च रक्तचापका बिरामी रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु  हुनेको संख्या १५ पुगेको छ ।