दाङमा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ। मंगलबार थप ६ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या ८४ पुगेको हो।
मंगलबार घोराही उपमहानगरपालिका ४ सवारीकोटस्थित आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ९० जनामध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा २१, २३, २६, ३६, ३७ र ३२ बर्षका पुरुषहरुमा कोरोनाको संक्रमण देखिएको हो। उनीहरु भारतको मुम्बई, गोरखपुर र दिल्लीबाट आएर क्वारेन्टिनमा बसेका थिए।
उनीहरुलाई नारायणपुर फनपार्कको आइसोलेशनमा लग्ने तयारी भएको घोराही उपमहानगर जनस्वास्थ्य शाखाले जनाएको छ।