logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद बैठक आज बस्दै, लकडाउनको आगामी रणनीतिका बारेमा छलफल हुने


अंकुरण खबर
910
Shares

मन्त्रिपरिषद बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन गरिएको छ । लामो समयदेखिको लकडाउनले अधिकांशको जीविकोपार्जनमा समस्या भएपछि लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

यसअघि कोरोना क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो ।