logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले आज दिने


अंकुरण खबर
871
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने क्रम जारी छ ।

आज पनि बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विनियोजन विधेयक अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत विनियोजन भएका कार्यक्रमका बारेमा जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि हिजो र सोमबार पनि मन्त्रिहरुले आ आफ्ना मन्त्रालय अन्र्तगतका कार्यक्रममा उठाइएका प्रश्नको जवाफ दिएका थिए । प्रधानमन्त्रीले जवाफ दिएलगत्तै सांसदहरुबाट प्रस्तुत भएका खर्च कटौती प्रस्तावहरु निर्णयार्थ पेश हुने छन् ।

यस्तै आजै विनियोजन विधेयक २०७७ का दफाहरु निर्णयार्थ पेश गर्ने तथा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ ।