आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ४ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ ७१ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ६७ पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ ४२ पैसा छ।
