logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा मनसुन शुरु हुन अझ केही दिन लाग्ने, यस्तो छ आजको मौसम


अंकुरण खबर
715
Shares

नेपालमा हाल स्थानीय वायु, पश्चिमी  वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सामान्यतया नेपालको पूर्वी भू–भागमा आजकै दिन वा जुन १० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने भएको छ।

हाल देशको  बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का सबै भू-भागहरु लगायत प्रदेश १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडि भू-भागहरुमा र प्रदेश २ का पश्चिम तिरका भू–भागहरुमा सामान्य बदली रहेको छ भने बांकी भू-भागहरुमा आंशिक बदली रहेको छ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू-भागमा सामान्य बदली रही थोरै स्थानहरु साथै कर्णाली प्र–देश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहि एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध छ।

बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू-भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानहरु साथै प्रदेश नं २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।