logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली टिपर दुर्घटना अपडेट : दुईको मृत्यु, ६ बेपत्ता


अंकुरण खबर
1.391K
Shares

कालिकोटमा भारतबाट फर्किएका यात्रु लिएर क्वरेन्टिनतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु हुनका साथै ६ जना बेपत्ता भएका छन्।

भारतबाट आएका नेपालीलाई सीमा नाकाबाट उद्धार गरेर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइन रासकोटतर्फ लैजाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिपर बुधवार बिहान जितेबजारको पारीपट्टी कर्णालीमा खसेको हो।

३९ जना बोकेको टिपर दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन् भने ३१ जनाको उद्धार गरी जिल्ला अस्पताल कालिकोट लगिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको बताइएको छ।

अहिले घटनास्थलमा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको जनाइएको छ।