भक्तपुरको गाईफार्ममा आगलागी हुँदा ८ लाख ७० हजारको क्षति भएको छ।
मंगलबार राति साढे ११ बजे सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित मनसिंह विष्टको जस्ता र बाँसले बनाएको गाईफार्ममा आगलागी भएको हो।
फार्ममा रहेका ४ गाई र २ बाच्छा जलेर मरेको र केही कुखुरा समेत जलेको महानगरीय प्रहरी परिसरका डिएसपी दीपक केसीले जानकारी दिए। फार्ममा ६ वटा माउ गाई, ३ वटा बाच्छा-बाच्छी र ४० वटा स्थानीय जातका कुखुरा थिए।
डिएसपी केसीले पाँच लाख ५० हजार बराबरका गाई, बाच्छा र कुखुरा जलेका र तीन लाख २० हजारको भुस, पराल, टहरा जलेका जानकारी दिए।
आगलागी करिब ४५ मिनेटमा नियन्त्रणमा आएको थियो।