नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा थप दुई जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
गण्डकी प्रदेशको पोखरास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोराना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नवलपरासी (बसपू) को गैडाकोड नगरपालिका २३ र २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिए।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय ४७ पुगेको छ।